काठमाडौं, २६ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले जारी निषेधाज्ञा थप कडा पार्दै सो भदौ ८ गतेसम्मका लागि थपिएको जनाएको छ ।

कार्यालयले रात्रिकालीन समयमा हुने सवारी साधनको आवतजावतमा कडाइ गर्ने निर्णय गरेको वताउँँदै उपत्यकामा बेलुका ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ । ।

कार्यालयका अनुसार स्थानीय ढुवानीका सवारी साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म चलाउन नपाइने तर अत्यावश्यक सवारी साधन भने जुनसुकै बेला पनि चलाउन पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर