काठमाडौँ, २३ साउन । वि.सं.२०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने कुरा राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
उक्त नतिजा बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने छ ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।
२०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० हेर्न सकिने जनाइएको छ ।
यस्तै, इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर प्राप्त गर्नसकिने छ ।
