काठमाडौँ, १८ साउन । यस वर्षको मनसुनजन्य विपद्बाट अहिलेसम्म ६७ जनाको मृत्यु , ४० जना बेपत्ता र ८१ जना घाइते भएका छन् ।

सो जानकारी राष्ट्रिय सभा आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दिनुभएको हो ।

उहाँँले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्कीलगायत ५५ जिल्ला विपद्‌ प्रभावित भएको बताउनुभएको छ ।

उहाँले विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको भन्दै असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको जानकारी दिनुभयो ।

मन्त्री खाँणले ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति भएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर