काठमाडौँ, ३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिका राजदूत र्यान्डी बेरी र भारतका राजदूत विनयमोहन क्वात्राले बधाई दिनुभएको छ ।

राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछ भन्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री देउवालाई निवास बूढानीलकण्ठ पुगेर भारतीय राजदूत क्वात्राले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उहाँलाई धन्यवाद दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर