काठमाडौं, १९ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जारी रहेको केन्द्रीय कमिटीको बैठक रोकेर संवाद अघि बढाउन सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रहलाई उनले अस्विाकार गरेका छन् ।
नेता नेपालव्दारा उक्त आग्रह आज दिउँसो उहाँहरु वीच पार्टी उपमहासचिव घनश्याम भुषालको मोवाइल सेटबाट भएको संवादका क्रममा गर्नुभएको हो ।
सो आग्रहपछि ओलीले बैठक नरोकिने जानकारी दिएको बुझिएको छ ।

संवादका क्रममा नेता नेपालले जारी बैठक सर्वोच्च अदालतको फैसला अनुरूप २०७५ जेष्ठ २ को नभई २०७७ फाल्गुण २८ कै निर्णयको निरन्तरता देखिएको र आवश्यक सल्लाह एवम् परामर्श विना आयोजना गरेकोले त्यसलाई रोक्न आग्रह गर्नुभएको थियो । यसैगरी उहाँले राजनीतिक र संगठनात्मक कोर्ष करेक्सन गर्न एवम् पहिले निर्माण गरेको वार्ता कमिटिलाई क्रियाशील बनाई औपचारिक वार्ता आरम्भ गर्न समेत आग्रह गर्नु भएको वुझिएको छ ।

नेता नेपालले सर्वोच्च अदालतमा विचाराधिन मुद्दाका सन्दर्भमा अदालतबाट आउने फैसलालाई स्वीकार मात्र गर्न सकिने तर हस्ताक्षर फिर्ता लिन नसकिने कुरामा स्पष्ट पार्नु भएको थियो ।
त्यस क्रममा अध्यक्ष ओलीले केवल हस्ताक्षर फिर्ता लिन मात्र एकोहोरो आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर