काठमाडौँ, २ मङ्सिर । धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.०५ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ११.०५ अङ्कले घटेर दुई हजार ६२५.०५ विन्दुमा कायम भएको छ ।
त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ विन्दुमा पुगेको छ । फ्लोट परिसूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव २० विन्दुमा कायम भएको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपियाँमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक घटेको छ भने दुई उपसमूहको सूचक बढेको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । त्यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फन्ड, कुमारी सबल योजना र लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, एभरेस्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
