काठमाडौ, २० कात्तिक । सरकारले आफूलाई गैरकानूनी तवरले जिम्मेवारीबाट हटाइएकोले पुनर्वहालीको माग गर्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट आज सर्वोच्च अदालतमा दर्ता भएको छ।
उहाँले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेपनि सो अध्ययनपछि मात्र रिट दर्ता हुने हुँदा आज दर्ता भएको हो।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।
