काठमाडौं, १७ कात्तिक । आज नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको हो।

हिजो नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज ३४९ वटा स्क्रिप्सको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ रुपैयाँमा खरिदबिक्री भए।

सेयर बजारमा सुधार आएपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। २३ करोड बढीको सेयर कारोबार गरी ग्लोबल आईएमई बैंक शीर्षस्थानमा रह्यो।

बुटवल पावर र कुमारी बैंकले १९र१९ करोडको सेयर कारोबार गर्दा सोल्टी होटलले १६ करोड र सानिमा मिडल तमोर हाइड्रोपावरले १५ करोडको कारोबार गरे।

८ वटा समूहको उपसूचक बढ्दा चारवटा समूहको उपसूचक नकारात्मक देखिए। फाइनान्स,इन्भेष्टमेन्ट,मनु एण्ड प्रो र अदर्श समूहको उपसूचक घट्दा बाँकी समूहको उपसूचक सकारात्मक देखिएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर