त्यसअघि घरेलु मैदान वेम्बलीमा प्रतियोगिताको उपाधिको बलियो दाबेदार मानिएको इङ्ग्ल्याण्डले तीनपटकको पूर्वविजेता जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २-० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो ।
पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रहेको थियो । दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।
इंग्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलपछि मेजर फुटबल प्रतियोगिताको नकआउट चरणमा हराएको यो पहिलोपटक हो । उक्त कीर्तिमान रच्न इंग्ल्यान्डले ५५ वर्ष प्रतीक्षा ग¥यो ।
क्वाटरफाइनलका कुनकुन टिमको खेल कहिले?
स्पेन भर्सेस स्वीजरल्याण्ड: शुक्रवार बेलुकी पौने १० बजे
इटली भर्सेस बेल्जियम : शनिवार बिहान पौने १ बजे
चेक रिपब्लिक भर्सेस डेनमार्क: शनिवार बेलुकी पौने १० बजे
युक्रेन भर्सेस इङ्ग्ल्याण्ड: आइतवार बिहान पौने १ बजे
