काठमाडौं, १५ असार । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला वीच पार्टीको १४ औं महाधिवेशन र सभापति उम्मेदवार लगायतका विषयमा छलफल भयो ।
यसअघि विमलेन्द्र निधिको निवासमा उहाँहरु वीच छलफल भएको थियो । अर्को छलफल महामन्त्री डा. कोइरालाको निवासमा हुने तय भएको छ ।
छलफलमा महाधिवेशन र सभापति उम्मेदवारी लगायतका विषयमा सभापतिका उम्मेदवार भइसकेकाहरू र केन्द्रीय सदस्यहरूसँग पनि छलफल गर्ने सहमती भएको छ ।
उहाँहरू तीनै जना कांग्रेस सभापतिका लागि आकांक्षी हुनुहुन्छ ।
आजको छलफलमा उहाँहरु बीच कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने सहमती भए पनि पार्टी सभापतिका बारेमा कुनै सहमती नभएको बुझिएको छ ।
