काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध हुनुभएको छ । शर्मा विरुद्ध कसैले पनि उम्मेदवारी नदिएको निर्वाचन समितिले जनाएको छ ।
शर्मा विशेष महाधिवेशनबाट उपसभापति चयन हुनुभएको थियो ।
यसैगरी महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध हुनुभएको छ । महिला उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको थियो । उहाँ विशेष महाधिवेशनबाट उपसभापति चयन हुनुभएको थियो ।
