काठमाडौ, १९ असोज । आज नेप्से परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले घटेको छ।

शुक्रबारको तुलनामा आज कारोबार एक अर्बभन्दा बढी रकमले घटेको छ। आज ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।

आज १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत बढेको भने १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ। सबैभन्दा धेरै कमाउनेमा शीर्ष १० स्टकमा सोमबार अधिकांश ऋणपत्र छन्।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको घलेम्दी हाइड्रोको २२ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो । हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँ र शिवम सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर