काठमाडौँ, १४ असार । नेपाल विद्यार्थी संघ, अनेरास्वयू(क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौ लगायत पाँच विद्यार्थी संगठनले संसद विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।
ती संगठनका नेताहरुको बैठकले सो निर्णय गरेको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा संसदविरुद्ध सामूहिक प्रदिवाद गर्ने भन्दै प्रतिनिधिसभा विघटन बारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी रहेको अवस्थामा स्वतन्त्र अदालको निर्णयमा हस्तक्षेप नगर्न समेत पाँच विद्यार्थी संगठनले सरकारको ध्यानार्षण गराएका छन् ।
यस्तै विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त डेलिकेसन जाने समेत निर्णय भएको लकडाउन अवधिको शुल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै विज्ञप्तिमा शुल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको बिरोध गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन् ।
विज्ञप्तिमा सरकारसँग आम विद्यार्थी र शिक्षक लगायतलाई शिघ्र खोप व्यवस्था गरि शैक्षिक वातावरण तयार गर्न माग गरिएको छ ।

