लमजुङ, ८ असोजः बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज साँझ ७ः०० बजेदेखि यही असोज १२ गते बिहान ६ः०० बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो । साथै, उहाँले विपद् पूर्वतयारीमा जिल्ला प्रशासन जुटेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर