सुलीकोट (गोरखा), ४ असोज । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज विहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाजनाएको छ ।

जीपमा चालकसहित नौ जना सवार थिए । जिप सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरानचोक–२ काँउलेकी ८१ वर्षीया लालमाया गुरुङ गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल लगिएकोमा दिउँसो करिब १ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे पनि गम्भीर घाइते हुनुभएको छ । उहाँको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल पठाइएको प्रहरीले जनाएको छ । जिप चालक गुरुङ प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर