काठमाडौं,२५ भदौ । बजारमा आज सुनको मूल्य बढेर प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २६० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार १६३ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम ४ हजार ७३ रुपैयाँ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर