काठमाण्डौ , १३ असार । युरो कप अन्तर्गत शनिबार भएका आ(आफ्ना खेलमा जित हात पार्दै डेनमार्क र इटाली  क्वाटरफाइनलमा प्रवेश  गरेका छन् ।

हिजो राती भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो । यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ।

इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा  प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त
समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटको समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एकरएक गोल गरे    भने अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए । इटलीले क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

यसै गरी हिजो भएको पहिलो फूटबल प्रतियोगितामा डेनमार्क युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्डको एम्टरडममा भएको खेलमा डेनमार्कका कास्पर डलबर्गले दुई गोल गरे। फ्रेन्च क्लब निसका लागि खेल्दै आएका यी २३ वर्षीय स्ट्राइकरले २७ र ४८ औँ मिनेटमा गोल गरेका थिए। ८८ औँ मिनेटमा जोवाकिम माएलले गोल गरेका थिए। मार्टिन ब्राथवैटले इन्जुरी समयमा गोल थपेका थिए। खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर