काठमाडौ, १८ भदौ । प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला उच्च रक्तचापका कारण अस्वस्थ भई सिटबाट ढलेका सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काको अवस्था अहिले सामान्य रहेको छ।

उहँ ढलेलगत्तै बैठक केहीबेर रोकिएको थियो। संसद्‌भित्रै प्राथमिक स्वास्थ्य उपचार गरेपछि उहाँलाई तत्कालै वीर अस्पताल पुर्‍याइएको थियो।

अहिले उहाँको अवस्था सामान्य देखिएको छ। यद्यपि, स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा अस्पतालमै राखिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बेले सभापति खड्काको स्वास्थ्यमा सुधार आएको र अहिले खतरामुक्त रहेको जानकारी दिनुभएको छ । नेता आङदेम्बेका अनुसार, ‘अहिले उहाँ होसमा हुनुहुन्छ। बोल्न थाल्नुभएको छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर