काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमतिलाई अन्त्य गर्दै बृहत्तर एकता कायम गर्न आह्वान गर्नुभएको छ।

संस्थापन इतरपक्षले आयोजना गरेको भेलामा उहाँले ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता मेरो जीवनको मूल्य र मान्यता हो भन्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले ‘बृहत्तर राष्ट्रिय सहमतिको खोजी गर्न पहल गर्नेछु   राष्ट्रिय सहमतिका साथ अघि बढ्न दृढ संकल्पित छु । साझा उद्देश्य र संकल्प लिएका सबै राजनीतिक शक्ति र व्यक्तिसँग सहकार्य गर्नुपर्छ । बीपीले देखाउनु भएको राष्ट्रिय एकता र मेलमिलाप अझ सान्दर्भिक छ’ प्रतिबद्धता व्यक्त  गर्दै सङ्कटका बेला संवाद, सहमति र सहकार्यलाई राजनीतिक संस्कार बनाउनुपर्नेमा जोड दिनुभयो।

कांग्रेसमा विवाद हुँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुने भएकाले आग्रह पूर्वाग्रहभन्दा माथि उठेर पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेता डा. शेखर कोइरालाले राष्ट्रियता, लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि मडारिएको खतरालाई चिर्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो। कोइरालाले प्रतिबद्धता व्यक्त गर्नुभयोअदालतको फैसलापछि हामी कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउँछौँ।’

कांग्रेस नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ गर्नु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै
कोइरालाले कांग्रेस एकताबद्ध भए कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो ।

साथै साउन २९ देखि ३१ गतेसम्म चल्ने भेलामा कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, पार्टीको नेतृत्व विवाद, सांगठनिक विषय तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ।

त्यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित पार्टीको राष्ट्रिय भेलाको विधिवत् उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर