काठमाडौ, १४ साउन । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी एक नेपालीको निधन भएको छ ।
निधन हुनेमा गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी पुरबहादुर गुरुङ हुनुहुन्छ ।

नेपाली पर्वतारोहण क्षेत्रमा परिचित नाम ३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसक्नुभएको थियो।

लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उहाँले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

पारिवारिक स्रोतका अनुसार विगत एक महिनादेखि पाकिस्तानमा रहनुभएका गुरुङको बिहीबार बेलुकासम्म परिवारसँग सम्पर्क रहेको थियो।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका प्रशासक शोभित कुँवरले हिमपहिरोमा परेका गुरुङको शव पहिचान भइसकेको र अब कानुनी प्रक्रिया पुरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताउनुभयो।

गुरुङका श्रीमती, बुबाआमा र एक छोरा हुनुहुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर