काठमाडाौ,१५ साउन । ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् ।
सो एवार्ड आजदेखि सोल्टी होटलमा सुरु हुन लागेको छ । सो कार्यक्रममा चर्चित अभिनेत्री मनीषा कोइराला, बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुनेछन् । कार्यक्रम दुईदिन सम्म संचालन हुने छ ।
कार्यक्रममा ७ मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।
