लहान, १४ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा हुलदङ्गा नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएको छ । बिहीबार साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी रहने प्रजिअ पौडेलले जानकारी दिनुभयो।
