काठमाडौ, १२ साउन । सर्वोच्च अदालतले गत वैशाख ४ गते निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गर्दै कांग्रेसको आधिकारिकता सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई दिने निर्णयलाई वैध ठहर गरेको फैसलाप्रति असन्तुष्टी जनाउदै कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार खड्काको तर्फबाट पुनरावलोकन निवेदन दर्ताका लागि आएको हो। यसअघि पनि सोही विषयमा पूर्वसभापति शेरबहादुर देउवाको पक्षबाट पुनरावलोकन निवेदन दर्ता भइसकेको थियो।

खड्काले दर्ता गराएको पुनरावलोकन निवेदन तीन न्यायाधीशको इजलासमा पेस हुनेछ। इजलासले पुनरावलोकनका लागि निस्सा प्रदान गरेमा मुद्दा पुनः सुनुवाइ प्रक्रियामा प्रवेश गर्नेछ। निस्सा अस्वीकार भएमा भने पुनरावलोकनको प्रक्रिया त्यहीँ समाप्त हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर