काठमाडौ, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज यहाँ निधन भएको छ। उहाँको ललितपुरस्थित हेलिअस हस्पिटलमा उपचार भइरहेको थियो । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। बिहान ८,३० बजे पार्टी कार्यालयमै केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्ने भएको छ।

नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय रहनुभएका श्रेष्ठले स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

उहाँले भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नु नुभएको थियो । साथै, उहाँले उपप्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।

कांग्रेस संसदीय दलको प्रमुख सचेतक रहिसक्नुभएका श्रेष्ठ तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत रहनुभएको थियो ।

२०१७ सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२र६३ सालको दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

लोकतन्त्र स्थापनाको आन्दोलन र शान्ति प्रक्रिया अघि बढाउने सक्रिय भूमिका निभााउनुभएका श्रेष्ठकांग्रेसको निधनले पार्टी तथा लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको कांग्रेस नेताहरूले बताएका छन्। उहाँका श्रेष्ठका तीन छोरा र छ छोरी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर