काठमाडौं, १०  असार ।  न्युजील्याण्डले साउथम्प्टनको रोज बाउलमा खेलेको विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेलमा भारतलाई आठ विकेटले हरायो। यससँगै न्युजील्यान्ड विश्वकप च्याम्पियनशिप उपाधि जित्ने पहिलो टीम बन्यो। टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई हराउदै उपाधी चुम्यो ।

भारतले दोस्रो इनिंगमा  न्युजील्यान्डका लागि १३९ रनको लक्ष्य राखेको थियो, जुन उसले दुई विकेट गुमाएर हासिल गर्यो। न्यूजील्याण्डका लागि केन विलियमसनले ८९  बलमा ५२  रन जोडे। उही समयमा रस टेलरले १०० बलमा नाबाद ४७ रन बनाए। न्युजील्याण्डका टिम साउथीले ४ र ट्रेंट बाउल्टले ३  विकेट लिए र भारत १७० रनमा अलआउट भयो।

ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भारतीय पारी धर्मराएको थियो । भारतले अन्तिम चार विकेट मात्र १४ रनमा गुमायो । उसका बिस्वासिला खेलाडि बिराट कोहली रोहित शर्मा सस्तैमा आउट भएपछि पनि न्युजिलयाण्डलाई जित्न सहज भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर