काठमाडौँ, २२ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएको छ । यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि उहाँ आज नयाँ दिल्ली पुग्नुभएको हो ।

उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएको थियो । मन्त्री खनाल आज दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर