काठमाडौँ, १ असार । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई पठाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेकोले सर्वोच्च अदालत बार एसोसिएसनको मंगलबारको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई पठाउने निर्णय गरेको हो ।

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका लागि सर्वसम्मतिले चयन गरिएको एसोसिएसनका सदस्य अनन्तराज लुइँटेलले जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासले जेठ २६ गते सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एसोसिएसनबाट दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमीकस क्युरी झिकाउने आदेश गरेको थियो ।

नेपाल बार एसोसिएसनले एमीकस क्युरीका लागि वरिष्ठ अधिवक्ताको नाम भने टुंगो लगाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर