काठमाडौ, ३० जेठ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा लागु गरिएको निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ ।
उपत्यकाका प्रमुख जिल्ला प्रजिअहरूको बैठकले थप निषेधाज्ञा केही खुकुलो गरेर कार्यान्वयन गर्ने निर्णय गरिएको ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौलाले वताउनुभएको छ ।
नयाँ लागु नियम अनुसार खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्नका लागि पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने र विहान सात देखि बेलुका सात बजेसम्म अनलाइन मार्फत सेवा सुविधा दिन पाइने भएको वुझिएको छ ।
यसैगरी विकाश निर्माणका कार्य अघि बढाउनका लागि आवश्यक ढुवानी सेवा सञ्चालन गर्न सहज बनाइएको छ ।
सार्वजनिक तथा निजी सवारी साधनका हकमा भने लागु व्यवस्था कायम नै गरिएको छ ।
पछिल्ला हप्ताहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा केही कमी देखिएकाले निषेधाज्ञा केही खुकुलो गरिएको वताइएको छ ।
