काठमाडौं,२८ जेठ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि आज प्रदर्शनगर्ने नागरिक अगुवाको गिरफ्तारिप्रति विभिन संघ संस्थाले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।
बृहत् नागरिक अन्दोलनले चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोधमा उत्रिएका नागरिक अगुवालाई तत्काल रिहाइको माग गरेको छ ।
उहाँहरुलाई आज विहान ११ वजे वालुवाटारबाट गिरफ्तार गरिएको थियो ।
पक्राउ पर्नेहरुमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबु लगायत हुनुहुन्छ ।
बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरे कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी समेत दिएको छ ।
