बिहीबार, २० कार्तिक २०८३ (Thursday 5 November 2026)
Ads Placement
दुई सय १३ किलोग्राम गाँजा बरामद
२०८२ मंसिर १० गते बुधबार, १२:०१ मा प्रकाशित
वीरगञ्ज (पर्सा), १० मङ्सिरः विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले विन्दवासिनी गाउँपालिका–६ बटसौरामा कुन्युभित्र लुकाइराखेको दुई सय १३ किलो गाँजा बरामद गरेको छ ।
गस्तीमा रहेको टोलीले मङ्गलबार उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले राससलाई बताउनुभयो ।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा चोरीतस्करी तथा लागुऔषध ओसारपसार हुन नदिन ‘इन्टेलिजेन्स लिड अपरेसन’ सञ्चालन गरेको छ ।