काठमाण्डौं, २४ जेठ । काठमाण्डौं महानगरपालिका भित्रका विभिन्न ३२ ठाउँबाट भोलि मंगलबारदेखि कोरोनाको खोप लगाउन सकिने छ । काठमाण्डौं महानगरपालिकाले आज ती ३२ खोप केन्द्र रहने ठाउँ निर्धारण गरेको हो ।
ती केन्द्रबाट ६० बर्षदेखि माथि ६४ बर्षसम्मका व्यक्तिले मात्र खोप लगाउन पाउने छन् । यो खोप अभियान लगातार ५ दिन सम्म चल्नेछ ।
हरेक दिन एक उमेर समूहका व्यक्तिलाई खोप दिइनेछ । महानगरपालिकाका अनुसार निश्चित दिन निश्चित उमेरका व्यक्तिले मात्र खोप लगाउन पाउनेछन् ।
यसपटक दिइने खोप चीनले बनाएको भेरोसेल हो ।
पैसा तिरिसकेको भए पनि भारतमा उत्पादित खोप कोभिसिल्ड भारतले नदिएकोले सरकारले यो भेरोसेल खोप चीनबाट मगाएको हो ।
जसअनुसार, त्यो खोप भोलि मंगलबार २५ गते ६४ बर्ष उमेरका व्यक्तिलाई मात्र दिइनेछ भने त्यसपछि २६ गते बुधबार ६३ वर्षका, २७ गते बिहीबार ६२ वर्षका, २८ गते शुक्रबार ६१ वर्षका र अन्तिम दिन २९ गते शनिबार ६० वर्ष उमेरका व्यक्तिले खोप लगाउन पाउने छन् ।
खोप लगाउन पाइने ३२ ठाउँहरू :
१. नन्दी रात्री स्कुल, नक्साल ।
२. वडा कार्यालय, लाजिम्पाट ।
३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र ।
४. वडा कार्यालय, बालुवाटार ।
५. वडा कार्यालय, हाँडीगाउँ ।
६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध ।
७. वडा कार्यालय, मित्रपार्क, चावहिल ।
८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी ।
९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली ।
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर ।
११. विश्व निकेतन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर ।
१२. बुद्ध माई अस्पताल, टेकु ।
१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी ।
१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी ।
१५. भुइँखेल चौर, स्वयम्भू ।
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार ।
१७. पब्लिक युथ क्याम्पस, धोवी चौर ।
१८. पुष्पलाल पार्क, विष्णुमती किनार ।
१९. वडा कार्यालय १९ ।
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी ।
२१. सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, यंगाल ।
२२. वडा कार्यालय २२, टेवहाल ।
२३. नव आदर्श विद्यालय, बसन्तपुर ।
२४. इतुमबहाल, तारणीबहाल ।
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय २६, लैनचौर ।
२७. महावौद्ध चोक ।
२८. वडा कार्यालय २८, सिटी मार्केट ।
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार ।
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक ।
३१. इ. पि. यस. स्कूल, मीनभवन ।
३२. वडा कार्यालय ३२ ।
