काठमाडौँ, २२ कात्तिकः श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
कोलम्बोमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालले माल्दिभ्समाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–३ तथा तेस्रो सेट २५–५ ले जित हासिल ग¥यो ।
आइतबार हुने फाइनल खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ । आजै भएको पहिलो सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ३–० ले हराउँदै कीर्गिस्तान फाइनलमा पुगेको हो ।
