काठमाडौ, २० कात्तिक । आज नेप्से परिसूचक दोहोरो अंकले घटेर २६ सय विन्दुबाट तल झरेको छ। नेप्से ११.२९ अंकले घटेर दुई हजार ५९६.१२ विन्दुमा कायम भएको हो।
३२० कम्पनीका एक करोड आठ लाख ६८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम पाँच अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँबराबर पुगेको छ। नेप्से घट्दा आज कारोबार रकम बढेको छ। अघिल्लो दिन साढे चार अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड एक प्रतिशतभन्दा कमले उकालो लाग्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका छन्।
नेप्से घट्दा आज दरमखोला हाइड्रोमा भने सकारात्मक सर्किट लागेको छ। मबिलुङ इनर्जी ९.९९ प्रतिशतले बढ्दा उपकार लघुवित्त र उन्नति सहकार्यको मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ। तर, सम्पदा लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। पिपल्स पावर र मोदी इनर्जी क्रमशः तीन र चार प्रतिशतभन्दा धेरैले घटेका छन्।
