काठमाडौँ, २३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छान्नुभएको छ  ।

न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अस्वस्थताका कारण होम आइसोलेशनमा बसेको हुनाले उनी पछाडिको वरियतामा रहेका न्यायाधीश ईश्वर प्रसाद खतिवडालाई बेञ्चमा राखिएको छ ।  न्यायाधीश हरिकृष्ण कार्कीले अघिल्लो पटक संसद विघटन भएको मुद्दामा ‘हेर्न नमिल्ने’ राय दिएर इजलासबाट आफूलाई बाहेक गर्नुभएको  थियो ।

यसरी कार्की  र श्रेष्ठ नपरेपछि खतिवडा र भट्टराई संवैधानिक इजालसमा परेका हुन् ।

१८ जेठमा प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच छलफल भएको थियो । त्यस क्रममा संवैधानिक इजलास सम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न सहमति भएको थियो ।तर नियमावली भने संशोधन गरिएन ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज (आइतबार) सुनुवाइ हुँदै छ ।

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर