काठमाडौँ, १६ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ । पेरिसडाँडाथित पार्टी कार्यालयमा आज बसेको सचिवलय बैठकले सोमबार बस्ने भनिएको बैठक २० गतेका लागि सारेको हो । शुक्रबार बसेको सचिवालय बैठकले सोमबारका लागि बैठक तय गरेको थियो ।

माओवादी केन्द्रले नेकपा ९एकीकृत समाजवादी० सँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको हो ।

आजको बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

शुक्रबारको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०, महेन्द्रराय यादवको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा ९समाजवादी० र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीसँग जतिसक्दो चाँडो एकता गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर