काठमाडौं, २२ जेठ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइशोलेसन सेन्टरबाट आज ५२ जना कोरोना संक्रमित विसेक भएर घर फर्केका छन् ।
४ वर्षदेखि २० वर्ष सम्मका ती बालकहरु नक्सालस्थित बालमन्दिर तथा सिफलका बाल गृहका बालकालिका तथा कर्मचारी रहेका थिए ।
सबैको एन्टिजेन परीक्षणबाट नेगेटिभ आएपनि एक जनाको पोजेटिभ आएकोले केही दिन आइशोलेसन राखिएको र केही दिनमा उहाँलाई पनि डिस्चार्ज गरिने कुरा केन्द्रका चिकित्सक तथा कोभिड वार्डका संयोजक डा. जितेन्द्र श्रेष्ठले वताउनुभयो ।
५२ जना ती बालबालिकामा जेठ १० गते पीसीआरमा पोजेटिभ देखिएपछि ११ गते कीर्तिपुरमा ल्याइएको उहाँले बताउनुभयो ।
उहाँले यस अघि कोरोना लागेका साना बालबालिका भर्ना नलिएको हुनाले यस पटक अलि डर मानेर लिइएको बताउनुभयो ।
कान्ति बाल अस्पतालका चिकित्सकहरुको परामर्श तथा आयुर्वेदिक औषधिले उनीहरु विेक भएका उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर