काठमाडौ, २० भदौ । बन्द प्रकृयामा रहेका २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन् ।
बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालहरु निष्कृय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेको थियो ।
बिहीबार नै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी मेटाले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको थियो । यस्तै हाम्रो पात्रोले पनि बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेको छ ।
अर्बपति एलन मस्कको ट्वीटर (एक्स) पनि शुक्रबार दर्ता प्रक्रियामा आएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरले जनाकारी दिनुभएको छ । उहाँका अनुसार, चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याट पनि सम्पर्कमा आएको छ ।
यसैबीच, नेपालमा अत्यधिक प्रयोगमा रहेको युट्युब संगै स्न्याप च्याट, लिंक्ड इन, क्लब हाउस, इमो, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, जालो र सोल सम्पर्कमा आएका छैनन् ।
