काठमाडौ, १६ भदौ । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुलबसको र्याली प्रदर्शन गरेका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन पनि दबाब दिइरहेका छन्।
प्रदर्शन प्यावसन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा गरेका हुन ।
प्रदर्शनले कुनै–कुनै ठाउँमा अन्य यातायातका साधनलाई समस्या पारेको थियो ।
