काठमाण्डौं, १४ बैशाख । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा आज गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटको सुनुवाई आजै शुक्रबारबाट सर्वोच्चको संवैधानिक इजलासमा हुँदैछ ।
यस विषयमा काँग्रेसलगायत विपक्षी गठबन्धनका तत्कालिक १४६ जना सांसदले दर्ता गरेकोसहित ३० वटा रिट सर्वोच्चमा परेका छन् । ती रिटमध्ये ११ वटा संवैधानिक इजलासमा जाने भनी सोझै दर्ता भएका थिए । बाँकी १९ वटा रिट-निवेदन हिजो बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासको आदेशबाट संवैधानिक इजलासमा पठाइएका छन् ।
