काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युुनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको बताउनुुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गर्नुभयो ।

बिपी कोइराला र पुुष्पलाल श्रेष्ठको सोचअनुसार उहाँहरूले अँगाल्नुभएको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्य सफल भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले मुलुकको राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका पक्षमा सरकारले सफलता हासिल गरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मङ्गलबारको स्मृति दिवसको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिलाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनका पक्षमा नेतृत्व गर्नुभएका उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिनेक्रममा उहँले बिपी र पुष्पलालालाई स्मरण गर्दै ‘मतभेद र मनभेदको होइन, एकता र मेलमिलाप’को कुरा गर्न अनुरोध गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले भन्नुुभयो, “मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त सङ्घर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन । उहाँले देख्नुभएको तानशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चामार्फत २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । २०१७ सालको ‘कू’ पछि पुष्पलालले माग गर्नुभए झैँ हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनःस्थापना ०६३ सालमा भयो, जसले हाम्रो राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण ग¥यो ।”

उहाँले भन्नुुभयो, “हण्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने हाम्रो आनिबानीअनुरुप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइयो । आज कांग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यही एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ ।”

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकार जिम्मेवार र संवेदनशील छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुु¥याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गर्नुभयो ।

संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता एवं द्वन्द्वपीडितको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियालाई यथासक्य छिटो टुङ्गोमा पु¥याउने लक्ष्यका साथ काम अघि बढिरहेको बताउनुभयो ।

“पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । द्वन्द्वपीडितसँग हामी विभिन्न तहमा निरन्तर छलफलमै छौँ । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्थाबमोजिम नै आयोगहरू गठन भई कार्य प्रारम्भ भएको छ । मलाई विश्वास छ, आगामी दिनमा आयोगका पदाधिकारीहरूले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ ।’’
–––

प्रतिक्रिया

सम्बन्धित खवर