काठमाडौं, ११ जेठ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज यहाँ बसेको बैठकले सो निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो ।
निषेधाज्ञाको असरस्वरुप कोरोना संक्रमण दर केही कम भएपनि अपेक्षित नतिजा नआएको भन्दै पुनः जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
अब निषेधका प्रावधानहरु थप कडाइका साथ लागू गरिने र बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने जनाइएको छ ।
यसैगरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने पनि जनाइएको छ ।
