काठमाण्डौं, ३१ वैशाख । राजधानी उपत्यकाबाट हेटौंडा हुँदै तराई जाने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ गते शुक्रबारदेखि २० गतेसम्म बन्द हुने भएको छ ।
यो जानकारी मकवानपुर जिल्ला प्रशासन कार्यलयले गराएको हो ।
प्रशासनद्वारा जारी सूचना अनुसार, सडक पिच गर्नका लागि सो सडक बन्द गरिने भएको हो । त्यहाँ २ गतेदेखि सवारी साधनहरु चल्न पूर्णरुपमा बन्द गरिने छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा उल्लेख छ, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२० गतेसम्म (१९ दिन) उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिन्छ।
