काठमाडौं , ३१ वैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर २४ मखन टोलमा आगो लागेको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने दुइटा घर जलेका छन् ।
आगलागीमा परेर ज्यान गुमाउनेमा महिला भएको तर उनको पूर्ण सनाखत भैनसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागी स्थानीय सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको घरबाट सुरू भएको थियो । सो घर माटो र काठले बनेको थियो ।
घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगोले दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरको केही भाग समेत नष्ट गरेको छ ।
आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।
