काठमाण्डौं ३० बंशाख । हिजो सोमबार रातिदेखि यातायात बन्द रहेको पूर्व–पश्चिम राजमार्गको कावासोती दुम्कीबास खण्ड सन्चालनमा आएको छ ।त्यहाँ चोरमारा बजार नेरको खोलाको पुल भाँच्चिएका कारण यातायात अवरुद्ध भएको थियो । हजारौं यात्रु अलपत्र परेका थिए ।सवारी साधनलाई वैकल्पिक सडकबाट वारपार गराइएको छ ।
जिल्ला प्रहरी उपरीक्षक यादव ढकालले दिनु भएको जानकारी अनुसार आजै बिहानबाट चोरमारा बजारदेखि केही तल हुँदै गाडी वारपार गराइएको छ । चोरमारा बजारबाट दक्षिणमा रहेको नवजागरण क्याम्पस नजिकबाट वैकल्पिक बाटो खुलाइएको छ । गाडी वारपार भैरहेका छन्। साना र यात्रुवहाक गाडीलाई प्राथामिकतामा राखेर यातायात सञ्चालन गराइएको छ ।
पुल सोमबार राति भाँचिएको थियो ।
