काठमाण्डौँ, ३० बैशाख । आज पनि देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव समेत रहेको रहेको हुँदा देशका केही भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसले गर्दा कोशीलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सो महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा सफा रहने छ ।
बागमती र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
