काठमाण्डौं २९ बैशाख ।  बार्सिलोना स्पेनको फुटबल प्रतियोगिता ला लिगाको हिजो आइतबार भएको खेलमा रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दै उपाधितर्फ उन्मुख भएको छ । अब उसलाई लिग उपाधि जित्न यौटा जित निकाले पुग्नेछ । सबैटिमले अब  तीन /तीन खेल खेल्न बाँकी छ ।

बार्सिलोनाको ३५ खेलबाट ८२ अंक भएको छ र शीर्ष एकमा छ ।रियल ७५ अंकसहित दोस्रोमा छ । एट्लेटिको र एथ्लेटिक क्रमशः ७० र ६४ अंकका सथ त्यस्रो र चौथो स्थानामा छन् ।

हिजोको खेलमा रियलले निकै राम्रो सुरुवात गरेको थियो । रियलका केलियन एम्बापेले सानदार ह्याट्रिक पनि  गरे । तर उनको ह्याट्रिक आफ्नो टिमलाई हारबाट जोगाउन भने काम लागेन ।

रियलले १४ मिनेटभित्र दुई गोलको अग्रता लिइसकेको थियो । एमबापेले पाँचौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेपछि १४ औं मिनेटमा दोस्रो थपे ।अनि ७० औं मिनेटमा पुनः गोल गरेर उनले ह्याट्रिक पूरा गरे ।

खेलमा रियलको दोस्रो गोलको पाँच मिनेटपछि बार्सिलोना चम्कन थाल्यो  । यस टिमका एरिक गार्सियाले १९ औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि मिन यामलले ३२ औं मिनेटमा गोल गरेर खेल २–२ को बराबरी गरे । त्यसको दुइ मिनेटमै राफिन्हाले अर्को गोल गर्दै बार्सिलोनालाई अगाडि पारे। उनैले ४५ औं मिनेटमा पुनः अर्को गोल थपेपश्चात् बार्सिलोना दुई गोलको अग्रता लिन पुग्यो ।

तत्पश्चात् ७० औं मिनेटमा एम्बापेले ह्याट्रिक त गरे तर त्यसपछि कतैबाट पनि गोल भएन र बार्सिलोनाले जित सुरक्षित पायो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर