मान्म ९कालीकोट०, १६ मङ्सिर : कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का खड्कराज शाही विजयी हुनुभएको छ ।
वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।
उक्त उपनिर्वाचनमा नेकपा ९एमाले० का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।
कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ ९६७।४८ प्रतिशत० मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।
