काठमाण्डौं, बैशाख २२ । बेलायतको फुटबल क्लव म्यान्चेस्टर सिटी च्याम्पियन्स् लिगको फाइनलमा पुगेको छ । गए राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउँदै सिटी फाइनलमा पुगेको हो ।
सिटी उस्को इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
आज आफ्नो घरेलु मैदानमा सिटीले पिसएसजीलाई २/० गोलले हरायो । योभन्दा अघिल्लो खेलमा पनि सिटीले पिसएसजीलाई उसकै मैदानमा २/१ ले हराएको थियो ।
आजको खेलमा दुबै गोल सिटीका तर्फबाट रियाद महरेजले गरेका हुन् । उनले पहिलो हापको ११ औं मिनेट र दोस्रो हापको ६३ औं मिनेटमा थप हर्को गोल गरेका थिए ।
अघिल्लो खेलमा पनि रियाद महरेजकै गोलले सिटीलाई जिताएको थियो । त्यस खेलमा उनको गोल अघि दुबै टोलीको समान १/१ गोल थियो । खेलको ७१ औं मिनेटमा गोल गरेर महरेजले जितसहित टीमको पक्षमा पासा पल्टाएका थिए ।
अब आजको जितपछि सिटीले समग्रमा ४/१ को जित हासिल गरेको छ ।
सिटी अब रियल मड्रिड र चेल्सीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ । फाइनल खेल यही मे महिनाको २९ तारिखमा टर्कीको इस्तानाबुलमा हुनेछ ।
सिटी यो सिजनमा निकै राम्रो लयमा छ । घरेलु प्रिमियर लिगको उपाधि पनि उसको लागि पक्काजस्तै छ । त्यसमा सिटी ८० अंककासाथ शीर्ष स्थानमा छ भने ६७ अंक जुटाएको मान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ । कुल ३८ खेलको यो लिग प्रतियोगितामा अब सिटीले चार र युनाइटेडले पाँच खेल खेल्न बाँकी छन्। सिटीले एक खेल जितेमा वा युनाइटेडले एक खेल हारेमा सिटीलाई प्रिमियर लिगको उपाधि जित्ने सजिलो अवस्था छ ।
