काठमाडौँ, ४ साउनः  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौमा भेटघाट र छलफल गरेका छन् ।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ अौं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

महानगरका सभापतिहरुले आफुहरुको पार्टी मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।

भेटघाटमा महानगर सभापतिहरु- निलकाजी शाक्य – काठमाडौ, सुवानन्द धाख्वा – ललितपुर, चित्रसेन अधिकारी – भरतपुर, दिपक चापागाईं – बिराटनगर र मनिन्द्र नेपाली – बिरगंज सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर