काठमाडौ, २ माघ । मंगलबार नेप्से परिसूचक ५४।५४ अंकले बढेर दुई हजार एक सय ७५.१७ विन्दुमा पुगेको छ।

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।
आज तीन सय चार कम्पनीका दुई करोड ३३ लाख ७० हजार कित्ता सेयर आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

आज नेप्सेका सबै समूहमा वृद्धि भएको र वित्त समूह सबैभन्दा धेरै ४.७५ प्रतिशतले बढ्दा जलविद्युत्, लगानी र लघुवित्त समूह तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।

यस दिन पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा १५ कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ।

उच्च अंकले बढेको बजारमा ज्योति विकास बैंक बन्ड–२०८७ र हिमालयन–८०२० का लगानीकर्ताले सर्वाधिक रकम गुमाएका छन्। यी कम्पनीको सेयर मूल्यमा क्रमशः ९.९९ प्रतिशत र ९.७० प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स, निफ्रा र एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा छन्। सोनापुर मिनरल्सको २८ करोड ३१ लाख ५५ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर